पहिरो पीडितलाई पोर्चुगलबाट सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पहिरो पीडितलाई पोर्चुगलबाट सहयोग

    खबरपुञ्ज संवाददाता

    ९ भाद्र २०७७, बुधबार

    लमजुङ : लमजुङको मस्र्याङ्दी गाउँपालिका- ३, तरापु पल्लोटारीका पहिरोपीडित घरबारबिहीनलाई लमजुङ समाज पोर्चुगलले रु २ लाख २० हजार राहत सहयोग गरेको छ । समाजले जिल्लाका ४ जना मिर्गौला पीडित बिरामीलाई पनि रु १ लाख सहयोग गरेको छ ।

    साउन पहिलो साता गएको पहिरोका कारण विस्थापित भएकामध्ये घरबारबिहीन २१ परिवार र छहरेखोलाका विस्थापित २ घरपरिवारलाई बुधबार प्रतिपरिवार रु १०/१० हजारका दरले कूल रु २ लाख ३० हजार सहयोग हस्तान्तरण गरिएको छ ।

    मस्र्याङ्दी गाउँपालिका ३, तरापुमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य जमीन्द्रमान घलेले मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, वडाअध्यक्ष प्रेमबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङ, पोर्चुगलबाट आउनुभएका स्वस्तिका गुरुङलगायतको उपस्थितिमा पीडित परिवारलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

    वडाअध्यक्ष बस्नेतले सहयोग गर्नुहुने पोर्चुगलमा बस्नुभएका सम्पूर्ण लमजुङबासीलाई धन्यावाद दिनुभएको छ । लमजुङ समाज पोर्चुगलले मिर्गौला विरामी क्व्होलासोंथर गाउँपालिका-१ का नारायणबहादुर गुरुङ, बेंसीसहर नगरपालिका-९ का सन्तकाशी गुरुङ, राइनास नगरपालिका-५ का दीपक नेपाली र मस्र्याङ्दी गाउँपालिका-३ का निरमाया भुजेललाई जनही २५/२५ हजारका दरले रु १ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकम बिरामीको खातामा सिधै सहयोग रकम पठाइदिएको समाजका अध्यक्ष लोकेन्द्र गुरुङले बताउनुभयो ।

    परदेशमा रहे पनि गाउँठाउँमा परेको विपद् र गाउँठाउँका मानिस समस्यामा परेपछि सहयोग रकम जुटाएर राहत प्रदान गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । पहिरोमा परी विस्थापित भएका नागरिकको राहत र पुनस्र्थापनाको लागि थोरै भएपनि पीडामा मलम लगाउने उद्देश्यले लमजुङ समाज पोर्चुगलले सहयोग संकलन गरि पठाएको समाजका सहसचिव लक्षिन घलेले बताउनुभयो । यस अभियानमा सहयोग गर्ने सम्पूर्ण मनकारी दाजुभाइ तथा दिदीबहिनीलाई संस्थाका अध्यक्ष एवं लमजुङ समाज पोर्चुगलले धन्यावाद ज्ञापन गरेको छ ।