नवलपुर: गण्डकी प्रदेशको नवलपुर जिल्लामा २७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार २७ जनामा कोरोना पुष्टि भएको हो ।
गैडाकोट नगरपालिका वडा नं २ का ४५, ५६, ६२ वर्षीय पुरुष, ५१, २९ वर्षीया महिला, वडा नं ७ का २५, ५०, ५०, २९ वर्षीया महिला, ३ वर्षीय बालक, वडा नं १ का ३६ वर्षीया महिला, वडा नं २ का ४२ वर्षीय पुरुष, ३८ वर्षीया महिला, वडा नं १३ का २४, ३९, वडा नं १ का ३० वर्षीय पुरुष र वडा नं नखुलेका ४० वर्षीय पुरुषमा कोरोना सङ्क्रमा पुष्टि भएको छ ।
कावासोती नगरपालिका वडा नं २ का ४५, ४८ वर्षीय पुरुष, ३३ वर्षीया महिला, वडा नं १६ का ४० वर्षीय पुरुष, वडा नं ३ का २३, ६५ वर्षीया महिला, वडा नं १४ का २२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । विनय त्रिवेणी गाउँपालिका वडा नं ६ का २३, ३० र ७५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । बिहीबार सङ्क्रमित भएका सबै व्यक्तिहरुलाई आइसोलेशन केन्द्रमा लैजाने तयारी भइरहेको छ भने ढिला गरी प्राप्त प्रतिवेदनमा उल्लेख गरिएका सङ्क्रमितहरुलाई आइसोलेशन केन्द्रमा राखिसकिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ५ पुगेको छ भने निको हुनेको सङ्ख्या १ हजार ६ सय ७२ छ ।