निषेधाज्ञाको पूर्ण पालना गर्न म्याग्देको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    निषेधाज्ञाको पूर्ण पालना गर्न म्याग्देको आग्रह

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले निषेधाज्ञाको पूर्ण पालना गर्दै अनावश्यक रुपमा घरबाहिर ननिस्कन आग्रह गरेको छ । गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरेर कोरोना सङ्क्रमणको उच्च जोखिम रहेकाले निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्नुभएको हो ।

    म्याग्दे गाउँपालिकामा बिहीबार ८ जनामा कोरोना पुष्टि भएको थियो । अध्यक्ष रानाले सबैलाई आइसोलेशन कक्षमा लगिसकिएकाले सबैको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहॉले सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ समेत शुरु भइसकेको जानकारी दिनुभयो ।

    कोरोना नियन्त्रण, उपचार, व्यवस्थापनमा सहयोग गरिदिन सम्पूर्ण समुदाय, राजनीतिक दल, नागरिक समाज, टोल विकास संस्था लगायत सबैलाई गाउँपालिकाले अनुरोध गरेको छ ।