मेसी बार्सिलोनामै रहे बार्तामेउ अध्यक्ष पद छाड्न तयार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेसी बार्सिलोनामै रहे बार्तामेउ अध्यक्ष पद छाड्न तयार

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७७, शुक्रबार

    काठमाडौं : स्पानिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले कप्तान लिओनल मेसीले क्लब छाड्ने निर्णय बदलेमा आफूले क्लब छाड्ने बताउनुभएको छ । मेसी क्लबमा रहने अवस्था आए बार्तामेउले आफू पद छाड्ने संकेत गरेको स्पानिस अनलाइन मार्काले जनाएको छ ।

    अर्जेन्टिनी स्टार मेसीले मंगलबार क्लबलाई पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको जानकारी दिनुभएको थियो । उहॉले अध्यक्ष बार्तामेउलाई पत्र लेख्दै आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार अनुबन्ध तोड्न आग्रह गर्नुभएको थियो । मेसीले क्लब छाड्ने पाउने समयसीमा पार गरेको र अझै एक वर्ष सम्झौताको अवधि बाँकी रहेपनि क्लब छाड्न चाहनुभएको थियो । जसले गर्दा क्लबका अध्यक्ष बार्तामेउलाई थप दबाब परेको छ ।

    टीभी थ्रीले रिपोर्ट गरेअनुसार यदि मेसीले सार्वजनिक रुपमा आफू क्याटलोनिया क्लबमा रहने घोषणा गरेमा बार्तामेउले अध्यक्ष पदबाट राजीनामा दिने मार्काले पुष्टि गरेको छ । यसले दबाब अब मेसीमा सरेको छ ।