गण्डकी प्रदेशमा थपिए १७ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा थपिए १७ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७७, शुक्रबार

    तनहुँ : गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नवलपुर, लमजुङ, तनहुँ र कास्कीमा गरी १० पुरुष र ७ महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    नवलपुरको विनय त्रिवेणी गाउँपालिका वडा नं १ का १७, ४०, ६७, ६१ वर्षीया महिला र ६२ र २० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । देवचुली नगरपालिका वडा नं १५ का ५० वर्षीया महिला र वडा नं १६ का ३० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    त्यस्तै लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं ४ का ३१ वर्षीया महिला, वेशीशहर नगरपालिका वडा नं ८ का २७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । तनहँुको शुक्लागण्डकी नगरपालिका वडा नं १२ का २२ वर्षीय पुरुष, वडा नं ५ का ४२ वर्षीय पुरुष, व्यास नगरपालिका वडा नं ३ का ३८ र ३१ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    कास्कीको पोखरा महानगरपालिका वडा नं ३० का ५० वर्षीया महिला र वडा नं १७ का २९ र २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    नवलपुरको देवचुली नगरपालिका वडा नं १५ का सङ्क्रमितका व्यक्ति खानेपानी संस्थामा कार्यरत हुनुहुन्छ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाका सङ्क्रमित भारतबाट आउनुभएको हो भने कास्कीको पोखरा महानगरपालिका वडा नं १७ का दुई जना पर्यटक प्रहरी रहेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । अन्य सबै व्यक्ति कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका छन् ।

    यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार २२ पुगेको छ भने निको हुने १ हजार ६ सय ७२ हुनुहुन्छ ।