कोरोनासँग जुध्दै ड्युटीमा खटिएको तनहुँ प्रहरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    कोरोनासँग जुध्दै ड्युटीमा खटिएको तनहुँ प्रहरी

    विकास खनाल

    ११ भाद्र २०७७, शुक्रबार

    गएको २ महिना यता हामीले दैनिक जसो पढ्ने, सुन्ने र जानकारी पाउने गरेका छौ, जिल्ला प्रहरी कार्यालय तनहुँले विगत यति वर्ष अगाडिदेखिको विभिन्न शीर्षकका फरार अभियुक्त पक्राउ ग¥यो र कारबाहीको दायरामा ल्याई कानुनी राज्य स्थापित गर्न सक्यो भनेर । असार दोस्रो साता जिल्ला प्रहरी कार्यलय तनहुँको बागडोर सम्हाल्ने गरी तनहुँ प्रहरी प्रमुखको रूपमा जब अरूण पौडेल आउनुभयो त्यसपछिका दिनमा दैनिकजसो विभिन्न अपराध एवं मुद्दाहरूमा रहि फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड जरिवाना सहित सरकारी बिगो समेत तिर्न बाँकी भएका अभियुक्तहरूलाइ पक्राउ गर्ने कामले तीव्रता पायो । हुनपनि पछिल्लो दुई महिनाको अवधिमा प्रहरी नेतृत्वको सक्रियता र सफलताको कारण ५० भन्दा बढी त्यस्ता वर्षौ अगाडदेखिका फरार अभियुक्तहरू अहिले कानुनी सजाय भोग्दैछन् । समाजलाई आतङ्कित पार्ने, विभिन्न समस्या र घटना घटाउने पात्रहरूलाई नियन्त्रण गर्ने अनि यहाँका हरेक वर्गसँग हातेमालो र सहकार्य गरि अगाडि बढ्दै प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका पौडेल छोटो समयमै सफलतातर्फ अगाडि बढिरहनुभएको छ । कुुरामा भन्दा काममा विश्वास राख्ने र परिणाम दिने गरि परिवर्तनकारी भूमिकाका साथ तल्लिन रहने स्वभावका पौडेल बिहान सबेरैदेखि राति अबेरसम्म कार्यलयमै समय बिताउनुहुन्छ । जिल्लामा शान्तिसुरक्षा कायम गराउँछु भनेर तनहुँको कार्यभार सम्हालेपछि जस्तो प्रतिबद्धता शुरुमा व्यक्त गर्नुभएको थियो, सोही अनुसार प्रहरी प्रमुख पौडेलले अहिले काम गरिरहेकाले उहाँको लक्ष्यले गति लिइरहेको छ र निरन्तर अगाडि बढिरहेको छ । लामो समयदेखि यही सेवामा निरन्तर अविवादित तरिकाले कुशलताका साथ लाग्नुले पनि उहाँलाई अगाडी बढ्न एकातिर सजिलो बनाएको छ भने अर्काेतिर अर्घाखाँची, नुवाकोट, बाँके जस्ता जिल्ला बसाइको अनुभवले पनि सहज बनाएको छ । त्यस्तै सिआइवी र अख्तियारमा समेत असल नेतृत्व गरी तनहुँ सरुवा भइ आएकाले पनि पौडेललाई यहाँ काम गर्न सजिलो भएको छ । प्रहरी संगठन भनेको यस्तो संगठन हो जसले समाजमा शान्तिसुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न, घटित अपराधको सफल अनुसन्धान गर्न, जनताको सेवा तथा जिउधनको संरक्षण गर्न तथा प्रचलित कानुनको मर्यादा पालना गराउनको लागि ईमानदारीपूर्वक कर्तव्यनिष्ठ रही काम गर्दछ । कोभिड–१९ नामक सरुवा रोगबाट अहिले विश्वका अधिकांश मुलुकहरू आतंकित बनेका छन् । अनि हरेक मुलुकहरूले आफ्नो दक्षता, क्षमता, स्रोत र साधनले भ्याएसम्म यसको उपचार, रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गरिरहेका छन् ।

    हामी कुनै घटना घट्यो, दुर्घटना भयो भने सबैभन्दा पहिला प्रहरी गुहार्छौ, बाढी पहिरो आयो प्रहरीलाई भन्छौ, चोरी, डकैती, लुटपाट तथा असुरक्षित महशुस हुने बित्तिकै प्रहरीलाई सम्झन्छौँ । अप्ठ्यारो र आपतको बेला प्रहरी मेरो साथी भन्ने ठान्ने हामीले अन्य बेलामा त्यही प्रहरीलाई मतलब गदैनौ, सम्मान दिँदैनौँ ।

    नेपालमा पनि यो रोगबाट संक्रमितहरूको संख्या बढिरहेको छ । यसले चारैतिर भय र समस्या उत्पन्न गरेको छ । यस भयावह स्थितिका बेला आफ्नो ज्यानको बाजी राखेर यो टन्टलापुरे घाममा सडकमा निस्केर संयमित हुँदै जोखिम मोलेर ड्युटी गर्ने सुरक्षाकर्मीको अवस्था डरलाग्दो छ । सडकमा सवारी व्यवस्थापन होस् या लकडाउन र निषेधाज्ञा पालना गराउन होस् प्रहरी नै अग्रपंक्तिमा खटिन परेको अवस्था छ । कर्तव्यपालनाका क्रममा जोखिम मोलेर दैनिक सडकमा खटिएका धेरै प्रहरीहरू संक्रमणको खतरामा छन् भने सयौलाई संक्रमण भैसकेको छ । यस्तो जटिल अवस्थामा पनि प्रहरीले ईमानदारीतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ । यस्तो असहज र विषम् परिस्थितिका बाबजुद जिल्लाभरको शान्ति सुरक्षालाई कायम राख्दै आफ्ना फौजलाई कोरोनाबाट जोगाइराख्न प्रहरी नेतृत्वलाई सकस भैरहेको छ । तर पनि नदी उत्खनन्देखि तस्करीमा संलग्न तथा जुवातासमा तल्लिन व्यक्तिहरुलाई प्रहरी प्रमुख पौडेल नेतृत्वले पक्राउ गर्न सफल भैरहेको छ र कानुन भन्दा माथि कोही छैन भनेर सवक सिकाइरहेको छ । भोक, प्यास, घरपरिवार , सुखदुःख नभनी देश र जनताका लागि मात्रै खटिरहने नेपाल प्रहरीको ड्युटी साँच्चिकै कठिन छ, तर पनि जनमानसको नजरमा उ सम्मानित छैन । हामी कुनै घटना घट्यो, दुर्घटना भयो भने सबैभन्दा पहिला प्रहरी गुहार्छौ, बाढी पहिरो आयो प्रहरीलाई भन्छौ, चोरी, डकैती, लुटपाट तथा असुरक्षित महशुस हुने बित्तिकै प्रहरीलाई सम्झन्छौँ । अप्ठ्यारो र आपतको बेला प्रहरी मेरो साथी भन्ने ठान्ने हामीले अन्य बेलामा त्यही प्रहरीलाई मतलब गदैनौ, सम्मान दिँदैनौँ । यी सबै समय, परिवेश र वस्तुस्थितिलाई सुझबुझका साथ मूल्यांकन गरेर आफू मातहतका जवानदेखि अधिकृतसम्मका प्रहरीलाई सहि र उचित ढंगले परिचालन गरेर अहिले तनहुँ प्रहरी प्रमुखले समग्र जिल्लालाई शाान्त राख्न सफल भइरहनुभएको छ । कुशल, लगनशील, ईमानदार, राष्ट्रसेवक बनी प्रहरीको शान, मान र शिरलाई समेत उचो राख्दै आउनुभएका पौडेल विभागभित्रको ड्युटी परिचालनमा पनि निपूर्ण मानिनुहुन्छ । बेलाबेलामा आउने अनेकन दबाब तथा प्रभावको बाबजुद आफ्नो जिम्मेवारी आफ्नो तहबाट निष्ठापूर्वक पूरा गर्ने, सबै अप्ठ्यारोहरुलाई मनमै लिएर आफ्नो अनुशासन र संस्कारलाई राखेर अगाडी बढ्ने विशिष्टता भएको उदाहरणीय व्यक्तिभित्रमा पौडेललाई लिने गरिन्छ । अपराध र अपराधीका विरुद्ध धावा बोल्ने र जनमानसमा राम्रो छाप र प्रभाव जमाउन सक्ने क्षमता र खुबी हुुनुभएका पौडेल नेतृत्वको तनहुँ प्रहरी संगठनले हिजोका दिनमा जे जसरी सफलता पाउँदै आइरहेको छ, त्यो भन्दा अझै बढी र ठूला ठूला सफलताहरू हात लाग्दै जानेछ भन्ने शुभेच्छा छ ।