मेस्सी अनुबन्ध गर्न पीएसजीलाई नेमारको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेस्सी अनुबन्ध गर्न पीएसजीलाई नेमारको आग्रह

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७७, शुक्रबार

    एजेन्सी : अर्जेन्टिनी स्टार लियोनल मेस्सीले फुटबल क्लब बार्सिलोना छाड्ने निर्णय गरेसँगै उनी कुन क्लब जान्छन् भनेर यतिबेला विश्वभर चर्चा सुरु भएको छ।

    मेस्सी म्यानचेस्टर सिटी जहाँ उनका पूर्व प्रशिक्षक पेप ग्वार्डिओला छन् त्यहाँ जाने चर्चा चलेको छ।

    यसका साथै उनलाई पीएसजी, म्यानचेस्टर युनाइटेडजस्ता धनी क्लबले अनुबन्ध गर्ने क्षमता राख्ने फुटबल विश्लेषकहरु बताउँछन्। यसबीचमा हालै नेमारले पीएसजीलाई मेस्सी अनुबन्ध आग्रह गरेको स्काई स्पोर्ट्समा जनाइएको छ। नेमारले गतवर्ष मात्र मेस्सीसँग फेरि सँगै खेल्न मन लागेको बताएका थिए।

    त्यसबेला मेस्सीले बार्सिलोनालाई नेमार पुनः अनुबन्ध गर्न आग्रह गरेका थिए। तर मेस्सीको माग त्यसबेला पुरा भएन। इएसपीएनका अनुसार हालै नेमार र मेस्सीबीच पनि कुराकानी पनि भएको छ। यी दुईबीच पीएसजीमा मेस्सी आउने सम्भावनाबारे कुराकानी भएको बताइएको छ।