पोखरामा कोरोना सङ्क्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरामा कोरोना सङ्क्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७७, शुक्रबार

    पाेखरा : पोखरामा शुक्रबार एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं १६ निवासी ५२ वर्षीय पुरुष रहेका छन् ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा श्वासप्रश्वासमा समस्या भई भदौ १२ गते उपचारका लागि पुगेका उनको उपचारको क्रममा १२ः१५ बजे निधन भएको प्रतिष्ठानका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । उहाँमा उच्च रक्तचाप, मधुमेह लगायत थियो ।

    कोरोना पोजिटिभ भई उपचारको क्रममा प्रतिष्ठानमा मृत्यु हुने उक्त पुरुष छैटौ रहेको प्रतिष्ठानले जनाएको छ ।