लमजुङमा १२ प्रहरी सहित गण्डकीमा थपिए २० सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    लमजुङमा १२ प्रहरी सहित गण्डकीमा थपिए २० सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७७, शुक्रबार

    लमजुङ : लमजुङमा १६ सहित गण्डकी प्रदेशभर २० जनामा कोरोना पुष्टि भएको छ । याे सहित शुक्रबार गण्डकी प्रदेशमा ५१ जना नयाँ संक्रमित थपिएका छन् ।

    प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा लमजुङमा १६ जना थपिँदा १२ प्रहरीमा कोरोना देखिएको छ । लमजुङका १ जना थुनुवामा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ ।

    लमजुङबाहेक नवलपुरमा ४ संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएकाे छ । यी २० सहित गण्डकी प्रदेशमा संक्रमितकाे संख्या २ हजार ५६ पुगेकाे छ । अहिलेसम्म १० जनाकाे मृत्यु भएकाे छ ।