नवलपुरमा थपिए २१ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    नवलपुरमा थपिए २१ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७७, शनिबार

    नवलपुर : नवलपुर जिल्लामा एकैदिन २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान सार्वजनिक गरेको विवरण अनुसार नवलपुरको विनयत्रिवेणी गाउँपालिका र गैडाकोट नगरपालिकाका २१ जनामा कोरोना पुष्टि भएको हो ।

    क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार विनयत्रिवेणी गाउँपालिका वडा नं ६ का ५७, २१, ५२, ३४, ४६, ३१ र ५५ वर्षीय पुरुष र सोही वडाका २७, ४४, ६४, ३७ र ५३ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै वडा नं ७ का २५, २१ वर्षीया महिला र सोही वडाका ७, ५४, ४३, ४८, २१ र ४४ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षण अनुसार गैडाकोट नगरपालिका वडा नं ८ का २५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ७७ पुगेको छ ।