पाेखरा : पोखरामा कोभिड १९ पोजेटिभ देखिएका थप एकको मृत्यु भएको छ । मृतक पोखरा १४ का ५८ वर्षीय पुरुष हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचारको क्रममा शनिबार बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका सह प्राडा अर्जुन आचार्यले जानकारी दिनुभयाे । उनको सोही अस्पतालको अपरेशन विभागमा भदौ ७ गते ‘इमर्जेन्सी एक्सप्लोरेटरी लेप्रेटोमी आपरेसन’ गरिएको र कोभिड १९ को आशंकामा भदौ ८ गते परक्षणको लागि स्वाब पठाइएको थियो । भदौ १० गते कोभिड १९ पोजेटिभ देखिएपछि आइसियुमा भर्ना गरि उपचार भइरहेको थियो ।