लमजुङमा थप ६ प्रहरीलाई कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    लमजुङमा थप ६ प्रहरीलाई कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७७, शनिबार

    तनहुँ : लमजुङका थप ६ प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार दिउँसो १ः४५ बजे सार्वजनिक गरेको विवरण अनुसार लमजुङका ५ पुरुष र एक महिला प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    २८, २०, २०, ३३, ३० वर्षीय पुरुष र ४० वर्षीया महिला प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    त्यस्तै शनिबार नै पोखरा महानगरपालिका वडा नं १० का ३१ वर्षीया महिलालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँ मेगा बैङ्क बगर शाखामा कार्यरत हुनुहुन्छ । सबै सङ्क्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान हुनुभएको हो । शुक्रबार मात्रै लमजुङका २० प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    शनिबार बिहान मात्रै गण्डकी प्रदेशको नवलपुरमा २१ जनामा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९४ पुगेको छ ।