भौतिक पूर्वाधारयुक्त प्रहरी संरचना विकास गर्न सरकार तत्पर : मन्त्री चुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    भौतिक पूर्वाधारयुक्त प्रहरी संरचना विकास गर्न सरकार तत्पर : मन्त्री चुमान

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७७, शनिबार

    तनहुँ : गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादु चुमानले प्रहरी सेवाको विस्तार र भौतिक पूर्वाधारयुक्त प्रहरी संरचना निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा निर्माण गरिएको अस्थायी प्रहरी पोष्टको शनिबार निरीक्षण गर्नुहुँदै मन्त्री चुमानले प्रदेश अन्तर्गतको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आम नागरिकको सहज पहुँच हुने गरि प्रहरी सेवाको विस्तार गरिने बताउनुभयो ।

    मन्त्री चुमानले गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारमा अवस्थित रहेको उक्त प्रहरी कार्यालयको स्थापनाले प्रदेशकै शान्ति सुरक्षामा अहम् भूमिका निर्वाह गर्ने बताउनुभयो । कोरोना भाईरसको सङ्क्रमणलाई थप फैलन नदिन सीमा नाकामा हुनुपर्ने चेकिङ लगायत सुरक्षा सतर्कतामा थप सहजता प्रदान गर्न प्रहरी पोष्टले सहयोग पुग्ने मन्त्री चुमानले विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले उक्त प्रहरी पोष्टको स्थापनाले शान्ति सुरक्षा तथा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा थप प्रभावकारिता प्रदान गर्ने बताउनुभयो । उहाँले आम नागरिकका समस्या समाधानका लागि प्रहरीको मनोबल उच्च हुने विश्वास व्यक्त गर्दै प्रदेश अन्तर्गत नेपाल प्रहरीको सेवा विस्तारमा गण्डकी प्रदेश सरकारको तत्परता प्रति आभार व्यक्त गर्नुभयो ।

    कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराका प्रमुख शसस्त्र प्रहरी नायब महानिरीक्षक राजेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल लगायतको सहभागिता थियो ।