पोखरा : गण्डकी प्रदेशमा आइतबार पॉच कोरोना सङ्क्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षण अनुसार कास्की र नवलपुरका पॉच जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका-७ का ३७ वर्षीया महिला र ५३ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा महानगरपालिका-८ का ३८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नवलपुरको कावासोती नगरपालिका-२ का २१ वर्षीया महिला र मध्यविन्द नगरपालिका-४ का २० वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ ।
मध्यविन्दुको कोरोना संक्रमित महिला स्वास्थ्यकर्मी हुनहुन्छ | उहॉ कलेज अफ मेडिकल साईन्समा कार्यरत हुनुहुन्छ र उहॉ सोही कलेजको आईसोलेसनमा रहनुभएको छ | अन्य सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ |