कोरोनालाई गिज्याउने बैङ्कको भीड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोनालाई गिज्याउने बैङ्कको भीड

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७७, आईतवार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले १२ दिन लामो लकडाउन अन्त्य गर्दै शनिबारदेखि सम्पूर्ण क्षेत्र खुल्ला गर्ने निर्णय ग¥यो । नगरपालिकाको उक्त निर्णयसँगै आइतबारदेखि दमौलीमा सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरु पनि सञ्चालनमा आएका छन् ।

    नगरपालिकाले बैङ्क तथा वित्तीय संस्थाहरु दिवा समयमा बिहान ११ बजदेखि ३ बजेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई, भौतिक दूरी कायम गरी बाह्य सेवा सञ्चालन गर्न अनुरोध गरेको छ ।

    तर बैङ्क तथा वित्तीय संस्थाहरुमा उक्त निर्णय कार्यान्वयन भएको देखिएको छैन । सदरमुकाम दमौलीमा रहेका मुक्तिनाथ विकास बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, मेगा बैङ्क लगायतमा कोरोनालाई नै गिज्याउने गरी सर्वसाधारणको अत्याधिक भीड पाइएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि भौतिक दूरी कायम गर्न पटक पटक अनुरोध गरिएपनि सर्वसाधारणले त्यसलाई हेलचत्र्mयाइँ गर्दै आएका छन् ।

    मुक्तिनाथ विकास बैङ्क दमौली शाखाका प्रबन्धक उदयराज तिमिल्सिनाले भौतिक दूरी कायम गरेर बसिदिन आग्रह गरेपनि सर्वसाधारणले अटेरी गर्ने गरेको बताउनुभयो । तर बैङ्कभित्र भने आफूहरुले स्वास्थ्य सुरक्षाको पूर्ण पालना गरेको तिमिल्सिनाले बताउनुभयो । “बैङ्कभित्र एकपटकमा दुई जनालाई मात्रै छिर्ने व्यवस्था मिलाएका छौ, प्रवेश गर्ने बेलामा स्यानीटाइजर र मास्क अनिवार्य गरेका छौ,” उहाँले भन्नुभयो, “तर बैङ्कको बाहिर भने भीड बढेकै हो ।”

    उहाँका अनुसार एकैपटक धेरै सर्वसाधारण आइदिनाले बैङ्कको बाहिर भीड देखिएको छ । “कोरोनाको जोखिम कायमै रहेका बेला भीडभाड नगर्न र भौतिक दूरी कायम गरेर बसिदिन आग्रह गरेका छौ,” उहाँले भन्नुभयो, “यस विषयमा थप सजगता अपनाउनका लागि बैङ्क तत्पर छ ।”

    यता जिल्ला प्रशासन कार्यालय तनहुँले भने धेरै दिनको लकडाउनपछि बैङ्क खुलेकाले सर्वसाधारणको भीड बढेपनि सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले यस विषयमा बैङ्कका शाखा प्रमुखहरुसँग कुरा गर्ने जानकारी दिनुभयो ।