डुम्रे बजार दश दिन बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    डुम्रे बजार दश दिन बन्द

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, सोमबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकास्थित डुम्रे बजार दश दिन बन्द गरिने भएको छ । सोमबार डुम्रेमा बसेको व्यवसायीहरुको भेलाले बन्दीपुर गाउँपालिका–१ र ४ मा पर्ने डुम्रे बजारका सम्पूर्ण पसल व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

    कोरोना सङ्क्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएकाले भदौ २५ गतेसम्म सम्पूर्ण व्यवसाय बन्द गर्ने निर्णय भएको तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाई सभापति नेक महम्मद मियाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा बैङ्क तथा वित्तीय संस्था, कलकारखाना, पसल लगायत सम्पूर्ण बन्द रहनेछन् । सङ्घले गरेको निर्णयलाई गाउँपालिकाले सहयोग गर्नुपर्ने मियाँले बताउनुभयो ।