गण्डकीका ३ जिल्लामा थपिए १३ संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका ३ जिल्लामा थपिए १३ संक्रमित

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, सोमबार

    पाेखरा : गण्डकी प्रदेशका ३ जिल्लामा १३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लमजुङ, गोरखा र नवलपरासी जिल्लामा १३ जना नयाँ संक्रमित थपिएका हुन्। लमजुङको वेशीसहरका सुरक्षाकर्मी ३ जना, वडा नम्बर ७ का तीनजना, वडा नम्बर ८ का १ जना, त्यस्तै, वडा नम्बर ३ को १ जना संक्रमित थपिएका हुन्। त

    ्यस्तै गोरखा नगरपालिका गोरखा वडा नम्बर १२ मा १ जना, वडा नम्बर १३ मा १ जना संक्रमित थपिएका हुन्। लमजुङका संक्रमितको स्वाब प्रदेश क्षयरोग केन्द्र पोखरामा परीक्षण गरिएको हो। गोरखाका संक्रमितको स्वाब भनेर भरतपुर अस्पतालमा परीक्षण गरिएको हो।

    त्यस्तै, चितवन मेडिकल कलेज भरतपुरको ल्याबमा नवलपरासीका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो। देवचुली १० का १ जना, मध्य विन्दु १० का १ जना र गैँडाकोट ५ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। लमजुङमा कार्यरत तीन जना सुरक्षाकर्मी र बैंकको कर्मचारी रहेको बताइएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १५७ पुगेको छ। प्रदेशभरि सक्रिय कोरोना संक्रमितको संख्या ४५१ पुगेको छ।