एजेन्सी : क्रोसियन मिडफिल्डर इभान राकिटिकले बार्सिलोना छोड्ने भएका छन् । राकिटिक ला लिगाकै अर्को क्लब सेभिया जाने निश्चित भएको छ ।
मिडिया रिपोर्टका अनुसार राकिटिकले आफ्नो पारिश्रमिकमा व्यापक कटौती गरेर सेभिया जाने निर्णय गरेका छन् ।
२०१४ मा सेभियाबाटै बार्सिलोना आएका राकिटिक फेरी सेभियानै फर्किन लागेका हुन् ।
राकिटिकले सेभियासँग २ बर्षको सम्झौता गर्ने बताइएको छ । बार्सिलोना र सेभिया सहमत भएपछि राकिटिकले अहिले सेभियामा मेडिकल गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
अहिले बार्सिलोनामा बार्षिक ९.६ मिलियन डलर पारिश्रमिक पाउने राकिटिकले सेभियामा बार्षिक ३.६ मिलियन डलर पर सिजन सम्झौता गर्ने तयारी गरेको बताइएको छ ।
बार्सिलोना आउनुअघि राकिटिकले सेभियामा तीन सिजनमा १४९ खेल खेलेर ३४ गोल समेत गरेका थिए । उनी बार्सिलोना आउनुअघि सेभियामा उनले युरोपा लिग जितेका थिए ।