पाेखरा : गण्डकी प्रदेशमा एकैदिन ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार लमजुङ, नवलपुर, बागलुङ र कास्कीमा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार लमजुङमा २६, नवलपुरमा १०, बागलुङमा एक र कास्कीमा दुई जना सङ्क्रमित थपिएका हुन् । कास्कीको पोखरा महानगरपालिका वडा नं ६ का एक जना सङ्क्रमित चरक मेमोरियल अस्पतालमा उपचाररत हुनुहुन्छ । अर्का एक जना महिला होम आइशोलेसेनमा हुुनुहुन्छ ।
लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनका नाबालक सहित ५ जना, अस्पतालमै कार्यरत एक जना, ग्लोबल आइएमई बैङ्कमा कार्यरत पाँच जना, नेपाल प्रहरीमा कार्यरत चार जना र वेशीशहर नगरपालिका वडा नं ७ का २८ वर्षीया एक जना महिला पत्रकार हुनुहुन्छ । अन्य सबै सङ्क्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान हुनुभएको हो ।
लमजुङको वेशीशहर नगरपालिकाका ५५, २६, २२ वर्षीय पुरुष, १४ दिनको नाबालक, २८ वर्षीया महिला, ५३, ३५, ३०, २८, २६, २५, २२, ३७, २३ वर्षीय पुरुष, २२ वर्षीया महिला, वडा नं ७ का ३०, ३८, ३०, ४३, ४५, २८, २६, ५१ वर्षीया महिला र ३०, १६ र ३८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
नवलपुरको विनयत्रिवेणी गाउँपालिका वडा नं १ का ११ वर्षीया महिला, २६ वर्षीय पुरुष, देवचुली नगरपालिका वडा नं १६ का ५५, २७, ६ वर्षीया महिला, वडा नं १ का ५३ वर्षीय पुरुष र २४ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बागलुङको बागलुङ नगरपालिका वडा नं १० का २५ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिका वडा नं ६ का ४५ वर्षीया महिला र वडा नं १३ का २४ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ५ पुगेको छ ।