पाेखरा : डर, धम्की देखाएर बलात्कार गरेको आरोपमा पोखराबाट एक जना भारतीय भूपू सैनिक पक्राउ परेका छन्। पोखरा-१० अन्नपूर्ण टोलका ५५ वर्षीय हरीबहादुर गुरुङ सोमबार पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताउनुभयाे। प्रहरीले बलात्कार आरोपी गुरुङलाई घरबाटै पक्राउ गरेको हो।
पक्राउ परेका गुरुङलाई जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थपेर अनुसन्धान अघि बढाएको उहाँले जानकारी दिनुभयाे । गुरुङले गत भदौ १२ गते आफ्नै घरमा २३ वर्षीय एक युवतीलाई बोलाएर बलात्कार गरेको आरोप छ। घरमा गुरुङ र उनका बृद्धा आमा मात्र छन्। घरमा बसिरहेको बेला राति साढे ८ बजेतिर डर र धम्की दिएर आफूलाई बलात्कार गरेको भन्दै पीडित युवतीले भदौ १३ गते प्रहरीलाई उजुरी दिएकी थिइन्।