करेन्ट लागेर दुईको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    करेन्ट लागेर दुईको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, बुधबार

    पोखरा : करेन्ट लागेर गण्डकी प्रदेशमा बुधबार दुई जनाको मृत्यु भएको छ । म्याग्दी र नवलपुरमा करेन्ट लागेर दुई जनाको ज्यान गएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    म्याग्दीको बेनी नगरपालिका-९ काउले गौडा बस्ने कृष्ण चोखालको श्रीमती २६ वर्षीया शिवा चोखाल आफ्नै घर नजिक  रहेको फुल टिप्ने क्रममा विद्युत लिक भई करेन्ट लाग्दा मृत्यु भएको छ ।

    त्यस्तै नवलपुरको कावासोती नगरपालिका-२ स्थित कमल प्रसाद पौडेलको घरमा पुरानो कावासोती बस्ने ४० वर्षीय लक्ष्मी प्रसाद महतोको ट्रष्ट लगाउने क्रममा जस्ता पाताले विद्युतको तारमा छुन गई करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।