एजेन्सी : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । फ्रान्का सञ्चारमाध्यमहरुका अनुसार क्लबका ब्राजिलियन फर्वार्ड नेयमार, अर्जेन्टिनी मिडफिल्डर एन्जेल डि मारिया र लियान्द्रो परेदेसमा संक्रमण पुष्टि भएको क्लबले पुष्टि गरेको हो ।
इबिजामा बिदा मनाएर फर्किएपछि तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको क्लबले जनाएको छ ।
‘तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ र उनीहरूले आवश्यक स्वास्थ्य मापदण्डको पालना गरी आइसोलेसनमा बस्नेछन् । अब सबै खेलाडी, प्रशिक्षक र सबै सदस्यको पनि कोरोना परीक्षण गरिने छ’, क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।