काठमाडौ : अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको ब्याटिङ वरीयतामा नेपालका पारस खड्काको वरीयता सुधार भएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयता ४ स्थान सुधार भएको हो । नयाँ ब्याटिङ वरीयतामा पारस ७१ औं स्थानमा उक्लिनुभएको छ। यसअघि उहॉ ७५ औं स्थानमा रहनुभएको थियो ।
नेपालका ग्लोबल आइकन सन्दीप बलिङ वरीयता भने यथावत रहेको छ । नयाँ वरीयतामा सन्दीप ७९ औं स्थानमा हुनुहुन्छ । टी( ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा यथावत रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो ।
नेपालको टी–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । यस्तै,एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।