नवलपुरमा थपिए तीन कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    नवलपुरमा थपिए तीन कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, बिहीबार

    पोखरा : नवलपुरमा बिहीबार तीन कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार नवलपुरको गैडाकोट, कावासोती र देवचुली नगरपालिकाका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    गैडाकोट नगरपालिका वडा नं १३ का ३५ वर्षीय पुरुष, कावासोती नगरपालिका वडा नं ३ का ३९ वर्षीया महिला र देवचुली नगरपालिका वडा नं २ का ६६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    उहॉका अनुसार तीन जना नै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २२७६ पुगेको छ ।