गण्डकीका सांसदलाई काेराेना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका सांसदलाई काेराेना

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, बिहीबार

    पाेखरा : गण्डकी प्रदेश सभाका एक सदस्य तथा सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  परीक्षणका लागि ती सांसदले ४ दिनअघि स्वाब दिएकोमा बुधवार रिपोर्ट पोजेटिभ आएको हो ।
     
    ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेपछि उहाँले जाँचका लागि स्वाब दिनुभएकाे थियाे । उहाँले गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरलाई समेत भेटेकाे खुलेकाे छ । उहाँले केही दिनअघि प्रहरी गणमा खाना खाएको बुझिएको छ । उहाँ नेकपाबाट निर्वाचित सांसद हुनुहुन्छ । प्रहरी गणमा कार्यरत ३६ जना प्रहरीमा कोरोना देखिएपछि ती सांसदको समेत परीक्षण गरिएको थियो ।