कास्कीमा थपिए २९ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कास्कीमा थपिए २९ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७७, बिहीबार

    पाेखरा : कास्कीमा एकैदिन बिहीबार २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार पोखरा महानगरपालिकाका विभिन्न वडाका १५ पुरुष र १४ महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं १६ का ५२ वर्षीय पुरुष, वडा नं १ का ४२ वर्षीया महिला, वडा नं १३ का २२, ४८ वर्षीय पुरुष, वडा नखुलेका २१ वर्षीया महिला, वडा नं १२ का ४५, ३७, ३६, २५, ४४ वर्षीया महिला, ४७, ३६, ३१ वर्षीय पुरुष, वडा नं १० का ३८, २७, ४८, ३७, ३० वर्षीय पुरुष, ३८, ४६ वर्षीया महिला, वडा नं २७ का ३७, ३२ वर्षीया महिला, ३५ वर्षीय पुरुष, वडा नं १४ का ३५ वर्षीया महिला, ४६ वर्षीय पुरुष, वडा नं ८ का ३५, ५८ वर्षीय पुरुष, वडा नं ३० का ३५ वर्षीय पुरुष, वडा नं ५ का २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    सबै सङ्क्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।