लाेकतन्त्रमा जित्नेकाे मात्रै हाेइन, हार्नेकाे पनि सम्मान हुन्छ : मन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    लाेकतन्त्रमा जित्नेकाे मात्रै हाेइन, हार्नेकाे पनि सम्मान हुन्छ : मन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७७, बिहीबार

    पाेखरा : गण्डकी प्रदेशमा आर्थिक मामिला तथा याेजनामन्त्री किरण गुरुङले लाेकतन्त्रमा हार्नेकाे पनि सम्मान र कदर हुने बताउनुभएकाे छ । बिहीबार बसेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठकले पार्टीका नेता बामदेव गाैतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेपछि मन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त धारणा सार्वजनिक गर्नुभएकाे हाे ।

    नेकपाका स्थायी कमिटी सदस्य समेत रहनुभएका मन्त्री गुरुङले लाेकतन्त्रकाे कखरा नबुझ्नेहरुले मात्रै हारलाई उपहास र जितलाई सँधैकाे बपाैती ठान्ने प्रतिक्रिया दिनुभयाे । उहाँले भन्नुभएकाे छ, “लोकतन्त्रमा चुनाव हुँदा हार र जित हुन्छ । जित्नेले मात्र होइन, हार्नेले पनि निश्चित जनताक‍ो विश्वासको मत प्राप्त गरेको हुन्छ । जहाँसम्म जितको कुरा छ, त्यो गणितीय खेल मात्र हो ।”

    गत प्रतिनिधि सभा निर्वाचनमा बर्दियाबाट पराजित हुनुभएका नेता गाैतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएपछि सामाजिक सञ्जालमा पक्ष/विपक्षमा बहस भइरहेकाे छ ।