इटली बोस्नियासँग रोकियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    इटली बोस्नियासँग रोकियो

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७७, शनिबार

    एजेन्सी : युईएफए नेसन्स लिगको पहिलो खेलमा बलियो इटली बोस्निया एन्ड हर्जगोभिनासँग बराबरीमा रोकिएको छ । इटलीले घरेलु मैदानमा बोस्नियासँग १–१ गोलको बराबरी खेलेको हो ।

    फिरेन्जीमा शुक्रबार राति भएको खेलमा बोस्नियाका कप्तान इडेन जेकोले गोल गर्दा इटलीका स्टेफानो सेन्सीले बराबरी गोल फर्काएका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

    खेलको १२औं मिनेटमा इटलीले अग्रता लिने अवसर खेर फाल्यो । लोरेन्जो इन्सिग्नेको पासमा फेडरिको चेइसाको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । बल पोजेसनमा इटलीले बलियो पकड बनाएपनि बोस्नियाको पोस्टमा गतिलो आक्रमण बुन्न सकेको थिएन ।

    ५३औं मिनेटमा अर्मिन हडजिकको प्रहार पोस्टमा लागेर बाहिरिदा बोस्नियाले खेलमा अग्रता लिने सुवर्ण अवसर गुमाएको थियो । उनको प्रहारले इटलीका गोलरक्षक जियानलुजी डोनररुम्मालाई बिट गरेपनि पोस्टमा लाग्दै बाहिरिन पुगेको थियो । लगत्तै दुई मिनेटपछि लोरेन्जो इन्सिग्नेको हेडरलाई बोस्नियाका डिफेन्डरले क्लियर गरिदिए ।

    त्यसको दुई मिनेटपछि नै बोस्नियाले इटलीविरुद्ध अग्रता लिन सफल भयो । टोनी सन्जिकको पासमा अनमार्क रहेका कप्तान इडेन जेकोले गोल गर्दै बोस्नियालाई अग्रता दिलाए । एक गोलले पछि परेपछि दवावमा रहेको इटलीले लगातार पोस्ट आक्रमण बुन्दै १० मिनेटमा नै बराबरी गोल फर्काउन सफल भयो । लोरेन्जो इन्सिग्नेको पासमा स्टेफानो सेन्सीले उत्कृष्ट फिनिस गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

    ७०औं मिनेटमा इटलीका गोलरक्षक डोनाररुम्माले अमिर गोजाकको प्रहारलाई विफल पारे । इन्ज्युरी समयमा बैकल्पिक खेलाडी मोहमद बेसिसले अवसर पाएपनि गोल गर्न नसक्दा बोस्निया जितबाट बञ्चित बन्यो ।

    यो नतिजापछि नेसन्स लिगको समूह ‘ए’ को ४ मा रहेको बोस्निया १ अंक जोडेर दोस्रो तथा इटली पनि १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नेदरल्यान्ड ३ अंक जोडेर शीर्षस्थानमा तथा अंकविहीन पोल्यान्ड पुछारमा छ ।

    अन्य नतिजा

    ‘सी’ ग्रुप – ४

    लिथुआनियाविरुद्ध काजकस्तान (०–)
    बेलारुसविरुद्ध अल्वानिया (०–)

    लिग ‘ए’ ग्रुप – १

    नेदरल्यान्डविरुद्ध पोल्यान्ड (–०)

    ‘बी’ ग्रुप –१

    नर्वेविरुद्ध अष्ट्रिया (१–)
    रोमानियाविरुद्ध नर्दन आयरल्यान्ड (१–१)

    ‘बी’ ग्रुप –२

    स्कटल्यान्डविरुद्ध इजरायल (१–१)
    स्लोभाकियाविरुद्ध चेक रिपब्लिक (१–)