गण्डकी प्रदेशमा थपिए ४४ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा थपिए ४४ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, शनिबार

    पाेखरा : गण्डकी प्रदेशमा शनिबार बिहान ४४ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले बिहान १० बजे सार्वजनिक गरेको विवरण अनुसार कास्की, बागलुङ, स्याङ्जा, नवलपुर र लमजुङमा ४४ कोरोना सङ्क्रमित थपिएका हुन् ।

    स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार कास्कीमा २२, बागलुङमा ३, स्याङ्जामा एक, नवलपुरमा एक र लमजुङमा १७ सङ्क्रमित थपिएका छन् । कास्कीको पोखरा महानगरपालिका दुई जना महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुनुहुन्छ । पोखरा महानगरपालिका वडा नं १७ का २५ वर्षीय पुरुष, पोखरा महानगरपालिका वडा नं १५ का २८ वर्षीय पुरुष, पोखरा महानगरपालिका वडा नं १४ का ४१ र ४४ वर्षीय पुरुष र पोखरा महानगरपालिका वडा नं २४ का ३१ वर्षीय पुरुष भारतबाट आउनुभएके हो ।

    पोखरा महानगरपालिका वडा नं १६ का ५२ वर्षीय पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुनुहुन्छ भने लमजुङको वेशीशहर नगरपालिकाका चार जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरु हुनुहुन्छ । अन्य सबै व्यक्ति कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

    No photo description available.