भुजीखाेला बाढीपहिराे पीडितलाई प्रदेश सरकारकाे राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    भुजीखाेला बाढीपहिराे पीडितलाई प्रदेश सरकारकाे राहत

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७७, शनिबार

    बागलुङ: बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार गएकाे बाढी पहिराेबाट ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति ५० हजारका दरले प्रदेश सरकारले राहत उपलब्ध गराएकाे छ ।

    प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानसहितले घटनास्थलमै पुगेर शनिबार राहत उपलब्ध गराउनुभएको हो ।

    यो तत्कालको राहत भए पनि घाइतेकाे उपचार, विस्थापितका लागि बसाेवासकाे व्यवस्था लगायत काम प्रदेश सरकारले गर्ने मुख्यमन्त्री गुरुङले प्रतिबद्धता जनाउनुभएको छ ।

    बाढी प्रभावितहरुको अस्थायी बसोबासका लागि तत्काल सहयोग गर्ने पनि उहॉले बताउनुभयो । मुख्यमन्त्रीका अनुसार यसमा पालिका र संघको पनि सहयोग हुनेछ ।

    स्थायी आवास निर्माणका लागि संघ सरकारले उपलब्ध गराउने प्रतिपरिवार ३ लाख रुपैयाँमा गण्डकी प्रदेशले समेत थपेर सहयोग गर्नेछ । बाढी प्रभावितहरुको पक्की र भूकम्प प्रतिरोधी आवास बन्नुपर्छ भन्ने प्रदेश सरकारको मान्यता हामी साकार पार्ने मुख्यमन्त्रीले जनाउनुभएको छ ।