तालमा मृत फेला परे विनोद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    तालमा मृत फेला परे विनोद

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७७, शनिबार

    तनहुँ : पोखराको बेगनासतालमा एक युवा मृत फेला परेका छन् । चितवन कल्याणपुर घर भई पोखरा महानगरपालिका-३० शिशुवा बस्ने ३१ वर्षीय विनोद राना मगर तालमा मृत अवस्थामा फेला परेका हुन् ।

    बेगनास तालमा पौडी खेल्न जान्छु भनी हिँडेका राना नफर्किएछि खोजतलास गर्ने क्रममा उनी मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।