मेस्सी सोमबार बार्सिलोनाको प्रशिक्षणमा सामेल हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेस्सी सोमबार बार्सिलोनाको प्रशिक्षणमा सामेल हुने

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७७, आईतवार

    एजेन्सी : नयाँ सिजनमा बार्सिलोनामै रहने निर्णय गरेको सुपरस्टार लिओनल मेस्सी सोमबार टोलीको प्रशिक्षणमा सामेल हुने भएका छन् ।

    नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको प्रशिक्षणमा मेस्सी पहिलो पटक सामेल हुन लागेका हुन् । यद्दपी त्यसअघि मेस्सीले कोरोना परिक्षण गर्नुपर्नेछ । क्लब छाड्ने मनसायका साथ पत्र लेखेका कारण मेस्सी गत यसै साताको सुरुवातमा पिसिआर परिक्षणमा सामेल भएनन् ।

    त्यस्तै गत सोमबार सुरु भएको प्रशिक्षणमा उनी सामेल भएनन् । मेस्सीले शुक्रबार क्लबमै रहने निर्णय सुनाएसँगै अहिलेका लागि क्लब र उनीबीचको विवादको अन्त्य भएको छ । बायर्न म्युनिख लोनमा रहेको फिलिप्पो काउटिन्हो भने टोलीको तयारीमा सामेल भइसकेका छन् । 

    टोलीका कति पाय खेलाडी भने राष्ट्रिय टोलीसँग छन् । बार्सिलोनाले प्रि सिजनको पहिलो खेल अर्को शनिबार नास्टिक डि टारागोनासँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

    मेस्सी बार्सिलोनामै बस्दाका सकारात्मक र नकारात्मक पक्ष

    मेस्सीले यस सिजन कोम्यानको प्रशिक्षणमा खेल्ने निर्णय लिएसँगै क्लबलाई केहि असर भने पक्कै पर्नेछ । कोम्यानसँग सुरुवाती भेटघाटमै मेस्सीले दिर्घकालिन योजनामा आफूलाई नसमेट्न भनेका थिए । अब कोम्यानको बार्सिलोनालाई मेस्सीको उपस्थितिले पर्ने सकारात्मक र नकारात्मक प्रभाव यसप्रकार छन् ।

    सकारात्मक प्रभाव :

    गोल र असिस्ट : बार्सिलोनाको आक्रमणमा मेस्सीको उपस्थिति महत्त्वपूर्ण छ । कुनैपनि टोलीमा मेस्सीले बार्सिलोनामा पारेजस्तो प्रभाव सायदै देख्न पाइन्छ । गत सिजन मेस्सीले ३१ गोल र २६ असिस्ट प्रदान गरेका थिए । यसक्रममा मेस्सीले जाभी हर्नान्डेजको असिस्टको कीर्तिमान पनि तोडे । मेस्सीले गत सिजन मात्र नभएर हरेक सिजन यस्तै प्रदर्शन गर्दै आएका छन् ।

    क्लबलाई स्थिरता : मेस्सीको बार्सिलोना बस्ने निर्णयले अहिलेको बोर्डलाई निकै राहत मिलेको छ । लगातार मैदानभित्र असफलता देखिरहेको बोर्डले मेस्सीलाई गुमाउनु निकै महँगो पर्न सक्थ्यो । आफ्नो कार्यकालको अन्तिम वर्षमा मेस्सीलाई राख्न नसक्नुले इतिहासमै अध्यक्ष जोसेप मारिया बार्टोमेउको नाम नराम्रो पानामा लेखिने सम्भावना थियो ।

    व्यापारिक प्रायोजन : व्यापारिक प्रायोजनका लागि समेत क्लबले मेस्सीलाई प्रयोग गर्दै आएको छ । कोरोनाभाइरसका कारण असर गरेको बार्सिलोनाको आर्थिक अवस्थाबाट प्रायोजनले केहि हदसम्म साथ दिँदै आएका छन् । मेस्सी अझै एक सिजन क्लबमा रहने भएपछि केहि प्रायोजकले साथ बढाउने पक्काजस्तै छ ।

    मैदानभित्र पुनर्निर्माण : प्रशिक्षक रोनाल्ड कोम्यानले नयाँ सिजनमा टोली पुनर्निर्माण गर्ने प्रष्ट पारेका छन् । यसक्रममा मेस्सीको उपस्थितिले उनलाई केहि सहज हुने अनुमान गरिएको छ । एकैपटक नयाँ टोली उतार्नुभन्दा मेस्सीकै वरपर रहेर एक पछि अर्को चरणमा टोली रुपान्तरण गर्न सकिन्छ । यसैपनि मेस्सीको उमेरले उनलाई लामो समय खेल्न दिने थिएन ।

    नकारात्मक पक्ष :

    तलब : मेस्सीलाई क्लबमा राख्नु आर्थिक हिसाबले भने क्लबलाई सहज छैन । मेस्सीको तलब विश्व खेलकुदकै महँगो मध्यमा पर्दछ । यसैपनि कोरोनाभाइरस संक्रमणका कारण आर्थिक अवस्था खस्किएको क्लबलाई हरेक साता पूर्ण तलब दिन कठिन भएको छ । यसअघि मेस्सीले ७० प्रतिशत तलब कटाउन सहमति जनाएका थिए, तर अब त्यो सम्भव हुने देखिन्न ।

    नयाँ युगसँगै मेस्सीको प्रभाव : मेस्सी जीवनभर एकै लयमा पक्कै खेल्न सक्दैनन् । उनले कुनै न कुनै दिन फुटबल छाड्नु नै छ । तर जबसम्म मेस्सीले खेल्छन् आउने पिढीलाई उनीबिना खेल्न केहि कठिन हुनेछ । अझ उनको प्रभावबाट उठ्न पनि क्लबले सिक्नुपर्छ नै । इभान राकीटिच, आर्टुरो भिडाल र लुइस सुआरेजले क्लब छाडेको बेलामा क्लबले नयाँ पथ लिएको अनुमान गर्न सकिन्छ ।