एम्बाप्पेको गोलमा फ्रान्सको जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एम्बाप्पेको गोलमा फ्रान्सको जित

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, आईतवार

    एजेन्सी : युवा स्टार खेलाडी केलियन एम्बाप्पेको निर्णायक गोलमा फ्रान्सले यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले स्वीडेनलाई १–० गोल अन्तरले हराएको हो ।
     
    स्वीडेनको घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एम्बाप्पेले निर्णायक गोल गरे । उनले खेलको ४१ औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो । विश्ककप विजेता टोली फ्रान्सले पहिलो खेलमा जितसँगै सुरुआत गरेको छ । 

    फ्रान्सको आजको खेलमा बार्सिलोनाका स्टार खेलाडी एन्टोनी ग्रिजम्यान, चेल्सीका खेलाडी ओलिभर जिरुडले पनि खेलमा प्रभाव जमाएका थिए ।