गण्डकी प्रदेशमा बिहानै थपिए ६९ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा बिहानै थपिए ६९ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७७, आईतवार

    पाेखरा : गण्डकी प्रदेशमा आइतबार बिहानै ६९ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशका ६ जिल्लामा ६९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार कास्कीमा २०, लमजुङमा दुई, बागलुङमा तीन, स्याङ्जामा २२, तनहुँमा सात, नवलपुरमा १३ र गोरखामा दुई सङ्क्रमित थपिएका छन् ।

    पोखरा महानगरपालिकाका दुई महिला पार्कल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुनुहुन्छ । वेशीशहरका दुई जना रिलायन्स फाईनान्समा कार्यरत कर्मचारी हुनुहन्छ भने अन्य सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान हुनुभएको हो ।

    कास्कीको पोखरा महानगरपालिका, लमजुङको वेशीशहर नगरपालिका, बागलुङको काठेखोला गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, तनहुँको बन्दीपुर गाउँपालिका, भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, नवलपुरको मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका, बुलिङटार गाउँपालिका र गोरखाको आरुघाट गाउँपालिका र पालुङटार नगरपालिकामा सङ्क्रमित थपिएका छन् ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ५ सय १६ पुगेको छ ।