गोरखा अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गोरखा अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, आईतवार

    गोरखा : गोरखा अस्पतालमा शनिबार उपचारक्रममा मृत्यु भएकी ७५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिका–७ की ती महिलालाई शनिबार अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।

    ‘मस्तिष्कघात भएको रहेछ, दुई बजेतिर अस्पताल भर्ना हुनुभएको थियो, चार बजेतिर उहाँको उपचारकै क्रममा मृत्यु भयो,’ गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भन्नुभयाे । ती महिलाको परिवार सदस्यलाई शुक्रबार कोरोना पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको पनि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

    आइतबार रिपोर्ट आउँदा उनमा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी ढकालले बताउनुभयाे । ती महिलाको शव नेपाली सेनाको टोलीले व्यवस्थापनको तयारी गरिरहेको छ ।