गण्डकीका प्रहरी प्रमुखलाई काेराेना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका प्रहरी प्रमुखलाई काेराेना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७७, आईतवार

    पोखरा : गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) घनश्याम अर्याललाई कोभिड १९ पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङका आधारमा उहाँको स्वाब परीक्षण गर्दा आइतबार बिहान रिपोर्ट पोजिटिभ आएको हो ।

    प्रदेश स्वास्थ्य निर्देशनालयले अर्याललाई कोरोना भएको पुष्टि गरेको छ । यसअघि नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना पुष्टि भएको थियो । त्यसकै आधारमा डीआइजी अर्यालको कन्ट्याक ट्रेसिङ गरिएको थियो ।