जीप दुर्घटना : मृत्यु हुने दुई पुगे (तस्वीरहरु)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    जीप दुर्घटना : मृत्यु हुने दुई पुगे (तस्वीरहरु)

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, सोमबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा साेमबार जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । तनहुँको व्यास नगरपालिका–५ चापाघाटबाट खाल्डे तर्फ जाँदै गरेको ग १ ज ७१२८ नं को जीप कच्ची सडकबाट करीब ७० फिट तल खोलामा खस्दा जीप चालक सहित जीपमा सवार अर्का एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    दुर्घटनामा जीप चालक म्याग्दे गाउँपालिका–७ निवासी ३२ वर्षीय होमबहादुर श्रेष्ठ र जीपमा सवार व्यास नगरपालिका–५ का ५५ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये मधुसुदन श्रेष्ठ र सन्तकुमार श्रेष्ठलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको र अन्यको दमौलीकै अस्पतालमा उपचार भइरहेको छ । जीपका यात्रुहरु मृत्यु संस्कारमा भेटी लिएर खाल्डेतर्फ जाँदै थिए ।