तनहुँका एसपी टेकबहादुर कार्कीको सरुवा, नरेशराज सुवेदी आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका एसपी टेकबहादुर कार्कीको सरुवा, नरेशराज सुवेदी आउने

    खबरपुञ्ज संवाददाता

    ८ मंसिर २०८३, मंगलवार

    तनहुँ, ८ मंसिर । तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकबहादुर कार्कीको सरुवा भएको छ। कार्कीलाई सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढी, कैलालीमा सरुवा गरिएको छ।

    कार्की तनहुँमा करिब १५ महिना प्रहरी प्रमुखका रूपमा कार्यरत थिए। लामो समयपछि प्रहरी प्रधान कार्यालयले प्रहरी अधिकृतहरूको सरुवा निकालेसँगै तनहुँमा नयाँ प्रहरी प्रमुख आउने भएका हुन्।

    यसैगरी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक नरेशराज सुवेदी तनहुँ आउने भएका छन्। सुवेदीले तनहुँको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्।

    प्रहरी प्रधान कार्यालयले लामो समयपछि निकालेको सरुवा सूचीअनुसार तनहुँमा प्रहरी नेतृत्व परिवर्तन हुन लागेको हो।