२४ घण्टामा तनहुँको ७५ स्वाब परीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    २४ घण्टामा तनहुँको ७५ स्वाब परीक्षण

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, सोमबार

    तनहुँ : पछिल्लो २४ घण्टाको अवधिमा तनहुँ जिल्लाबाट पठाइएका ७५ जनाको स्वाब परीक्षण गरिएको छ । पिसीआर परीक्षणका लागि पठाइएका ७५ जनामध्ये ६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सोमबार सार्वजनिक गरेको विवरण अनुसार तनहुँमा तीन जनाको रिपोर्ट पोजिटिभ छ भने आइसोलेशनमा रहेका ९ जनाको रिपोर्ट पनि पोजिटिभ आएको छ ।

    प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीका अनुसार २४ घण्टाको अवधिमा उक्त प्रयोगशालामा गण्डकी प्रदेशका आठ जिल्लाबाट पठाइएको ६ सय ३६ जनाको स्वाबको परीक्षण गरिएको थियो । त्यसमध्ये ५ सय ४३ जनाको रिपोर्ट नेगेटिभ, ८२ जनाको रिपोर्ट पोजिटिभ छ भने आइसोलेशनमा रहेका ९ जनाको रिपोर्ट पनि पोजिटिभ आएको छ ।