३ डीआईजीसहित २३ सय प्रहरीमा कोरोना संक्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ३ डीआईजीसहित २३ सय प्रहरीमा कोरोना संक्रमण

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, सोमबार

    काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ७४८ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

    हालसम्म प्रहरीमा तीन डीआईजीसहित कोरोना संक्रमितको संख्या दुई हजार तीन सय १७ पुगेको छ । जसमध्ये १३ सय ५० जना सक्रिय संक्रमित छन् ।

    ९६७ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ८४ र काठमाडौं उपत्यकाका ६६४ जना सक्रिय संक्रमित छन् ।

    प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २१६, प्रदेश २ मा ६८, वाग्मती प्रदेशमा ६९, गण्डकीमा ८३, प्रदेश ५ मा १०८, कर्णाली प्रदेशमा ४१ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।