ट्राफिक प्रहरीलाई कुट्नेमध्ये ६ जनालाई कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ट्राफिक प्रहरीलाई कुट्नेमध्ये ६ जनालाई कोरोना

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७७, सोमबार

    काठमाडाै : पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये थप ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै एउटै अभियोगका ६ जना थुनुवामा कोरोना पुष्टि भएको छ ।

    पुल्चोकमा गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यस क्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरे निर्घात कुटिएका थिए ।

    कुटपीटको आरोपमा पक्राउ परेकामध्ये एकजनालाई शनिबार कोरोना भाइरसको संक्रमण थपिएको थियो । त्यसयता थप ५ जनालाई पनि कोरोना पोजेटिभ देखिएको ललितपुर प्रहरी परिसर, जाउलाखेलले जनाएको छ । अझै ५ जनाको रिपोर्ट आउन बाँकी छ ।

    ललितपुर प्रहरीका एक अधिकृतका अनुसार हाल पक्राउ परेका व्यक्तिलाई पिसीआर परीक्षण गर्नुअघि क्वारेन्टिनमा राख्ने गरिएको छ । झडपमा सहभागी प्रहरीसहित १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।