सेवाग्राहीलाई स्वागतसँगै ग्यावीन जाली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सेवाग्राहीलाई स्वागतसँगै ग्यावीन जाली

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७७, सोमबार

    तनहुँ : भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले निजामती दिवसको अवसरमा पहिलो सेवाग्राहीलाई स्वागतसँगै ग्यावीन जाली उपलब्ध गराएको छ । कार्यालयमा आएका म्याग्दे गाउँपालिका-२ का लोकबहादुर सुनारलाई कार्यालयले फूलमालाले स्वागत गर्नुका साथै घर जोखिममा परेकाले ग्यावीन जाली उपलब्ध गराएको हो ।

    केही समय अगाडीको पहिरोले सुनारको घर जोखिममा परेको छ । पहिरो उपचारका लागि ग्यावीन जाली उपलब्ध गराइएको कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो ।

    निजामती दिवसको अवसरमा कर्मचारीले सरसफाई समेत गरेका थिए ।