व्यास नगरपालिकाद्वारा ९ कार्यविधि तथा नियमावली पारित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगरपालिकाद्वारा ९ कार्यविधि तथा नियमावली पारित

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७७, सोमबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले ९ वटा कार्यविधि तथा नियमावली संशोधन सहित पारित गरेको छ । सोमबार बसेको नगरकार्यपालिकाको बैठकले विभिन्न कार्यविधि तथा नियमावली संशोधन सहित पारित गरेको हो ।

    बैठकले निर्माण व्यवसायी इजाजत पत्र नियमन गर्ने कार्यविधि २०७७, व्यास नगर शिक्षा नियमावली २०७६, योजना अनुगमन कार्यविधि २०७७, उपभोक्ता समिति गठन सञ्चालन कार्यविधि २०७६, आर्थिक सहायता नियमित गर्ने कार्यविधि २०७७, कृषि व्यवसाय प्रबद्र्धन तथा नियमन कार्यविधि २०७७, दूध उत्पादन र बजारीकरणका आधारमा अनुदान कार्यक्रम निर्देशिका २०७७, सहकारी मार्फत् मासु उत्पादन र विक्रीमा आधारित अनुदान कार्यक्रम निर्देशिका २०७७ र कृषि विकास कार्यान्वयन निर्देशिका २०७७ पारित गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

    बैठकले आइसोलेशन निर्माणका लागि विभिन्न ठाउँमा गरिएको सहयोग रकम जिल्ला सङ्कट समिति मार्फत् गण्डकी प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ । नगरपालिकाले आइसोलेशन निर्माणका लागि शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई रु ९ लाख, कृषि विकास बैङ्कको पुरानो भवनमा आइसोलेशन निर्माणका लागि रु चार लाख ५० हजार, दमौली अस्पताललाई शोधभर्ना पाउने गरी रु चार लाख ५० हजार र आइसोलेशन बनाउन सोही बैङ्क भवन मर्मत निर्माणम ाखर्च भएको रु तीन लाख ६५ हजार गण्डकी प्रदेश सरकारसँग माग गरिएको छ ।

    बैठकले गत असार, साउन महिनामा विपद्बाट नोक्सान भएको घर, बाटो, बाँँध, कुलो, खानेपानी लगायतका विषयमा पुनस्र्थापना र राहत वितरण गरिएको नगरस्तरीय र वडास्तरीय कार्यको समिक्षा गर्नुका साथै बाँकी सहयोग पु¥याउनसपर्ने घर परिवार, सामुदायिक संस्थालाई तत्काल सहयोग पु¥याउने निर्णय समेत गरेको छ ।

    विद्यमान कोभिड–१९ को असरको कारणले नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय, क्याम्पसहरुमा वैकल्पिक विधिबाट अध्ययन अध्यापन गर्न नेपाल सरकार शिक्षा मन्त्रालयबाट जानकारी भइरहेको अवस्थामा सोको व्यवस्थापन गर्न सबै विद्यालयहरुमा के कति विद्यार्थी छन् त्यसको सङ्ख्या एकिन गर्नका विद्यार्थी विवरण पेश गर्न नगर शिक्षा समितिलाई जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताउनुभयो ।

    सरकारले तोकेको मापदण्ड बमोजिम स्थानीय अनुदानको मल व्यवस्थापन समितिका संयोजक एवं नगरउपप्रमुख मिरा जोशीको अध्यक्षतामा बन्ने समितिलाई क्रियाशील बनाई बजारमा देखिएको मल प्राप्तिको समस्यालाई सम्बद्ध निकायसँग समन्वय गरी मल उपलब्ध गराउन सहजीकरण गर्ने निर्णय समेत भएको छ ।

    व्यास नगरपालिकामा नगरस्तरीय अस्पताल निर्माणको पूर्वाधार निर्माण गर्न न्यूनतम ३० रोपनीसम्मको जग्गा उपलब्ध गराउन सबै वडा समितिसँग जग्गाको प्रस्ताव माग गरिएको छ ।