किलियन एम्बाप्पेलाई कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    किलियन एम्बाप्पेलाई कोरोना

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, मंगलवार

    एजेन्सी : फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेलाई कोरोना संक्रमण भएको छ ।

    हाल नेसन्स लिगका लागि फ्रान्सको राष्ट्रिय टिमसँग रहेका एम्बाप्पेलाई कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्काइएका छन् । 

    फ्रेन्च फुटबल फेडेरेसनले एम्बाप्पेलाई सोमबार गरिएको परीक्षणमामा पोजेटिभ देखिएको र उन्ला फ्रान्स फिर्ता पठाएर सेल्फ आइसोलेसनमा राखिने बताएको छ । एम्बाप्पेलाई कुनै लक्षण नदेखिएको बताइएको छ ।

    एम्बाप्पेले अब क्रोसियाविरूद्धको आजराती हुने नेसन्स लिगको खेल गुमाएका छन् । उनले यस अघि शनिबार भएको स्विडेनविरुद्धको खेलमा निर्णायक गोल गरेर फ्रान्सलाई जिताएका थिए ।

    एम्बाप्पे कोरोनाको चपेटामा आउने पिएसजीका सातौ खेलाडी हुन् । यस अघि नेइमार, एन्जल डी मारिया, माउरो इकार्डी, केलोर नाभास, मार्क्वीनोस, लीन्द्रो परेडेजलाई कोरोना पोजेटिभ देखिए पछि अहिले होम आइसोलेसनमा रहेका छन् ।