नर्वेको जितमा हालाण्डको दुई गोल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नर्वेको जितमा हालाण्डको दुई गोल

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, मंगलवार

    एजेन्सी : युवा खेलाडी हालाण्डको गोलमा नर्वेले यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा नर्वेले नर्दन आयरल्यान्डलार्य ५–१ गोल अन्तरले पराजित गरेको हो । 

    नर्वेलाई जित दिलाउन हालाण्ड र आलेक्सेन्डर सार्लाेथले दुई–दुई गोल गरे । मोहमेद इलोनोसीले एक गोल गरे । उता नर्दन आयरल्यान्डका लागि पेड्डइले एक गोल गरे । नर्वेले खेलको दोस्रो मिनेटमा मोहमेदले गोरेको गोलबाट अग्रता बनाएको थियो । छैटौं मिनेटमा पेड्डीले आयरल्यान्डका लागि बाराबरी गोल फर्काए । 

    सातौं मिनेटमा हालाण्डले गोल गर्दै नर्वेको अग्रता २–१ बनाए । १९ औँ मिनेटमा आलेक्सेन्डरले नर्वेका लागि तेस्रो गोल गरे । पहिलो हाफमा तीन गोल गरेको नर्वेले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । 

    ४७ औँ मिनेटमा नर्वेका लागि आलेक्सेन्डरले खेलमा व्यक्तिगत दोस्रो गोल तथा क्लबका लागि चौथो गोल गरे । ५८ औँ मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ५–१ गोलको सहज जित दिलाए । 

    जितसँगै नर्वेले दुई खेलबाट ३ अंक जोड्दै समूह ईको तेस्रो स्थानमा छ । आयरल्यान्ड एक अंकसँगै तालिकाको चौथो स्थानमा छ ।