प्रशिक्षणमा फर्किए मेस्सी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रशिक्षणमा फर्किए मेस्सी

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, मंगलवार

    एजेन्सी : बार्सिलोनाका खेलाडी लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । प्रशिक्षणको लागि पीसीआर परीक्षण गरेका मेस्सीको रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएसँगै उनीले बार्सिलोनाबाट नै प्रशिक्षण सुरु गरेका सञ्चारमाध्यमले जनाएका छन् ।

    बार्सिलोनाले एक हप्ता अघि नै प्रशिक्षण सुरु गरे पनि मेस्सीले भने क्लब छोड्नको लागि निवेदन दिएका कारण सहभागी हुन पाएका थिएनन् ।  तर फेरी एक वर्ष क्लबमा नै बस्ने निर्णय गरेपछि कोरोना परीक्षण गरेर प्रशिक्षणमा फर्किएका हुन् ।