दुई जनामा कोरोना सङ्क्रमण देखिएपछि केही ठाउँ सिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दुई जनामा कोरोना सङ्क्रमण देखिएपछि केही ठाउँ सिल

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-११ का दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि केही ठाउँ सिल गरिएको छ । उक्त वडाका अर्चलचौर टोलमा बसोबास गर्ने ४७ र तनहुँसुर शहिद चन्द्र टोलमा बसोबास गर्ने २७ वर्षीय पुरुषमा सोमबार कोरोना पुष्टि भएपछि वडा कार्यालयले केही ठाउँ सिल गर्ने निर्णय गरेको हो ।

    ४७ वर्षीय पुरुष दुवई र २७ वर्षीय पुरुष भारतबाट फर्किएका थिए । साविक तनहुँसुर गाविसका वडा नं ४,५,७ र ९ का व्यक्तिहरु सङ्क्रमितको सम्पर्कमा आउन सक्ने सम्भावना भएकाले कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि ती ठाउँहरु मङ्गलबारदेखि एक हप्ताका लागि सिल गर्ने निर्णय भएको वडाध्य़ निरबहादुर खड्काले जानकारी दिनुभयो ।