कास्कीकी महिलाको कोरोना सङ्क्रमणबाट निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कास्कीकी महिलाको कोरोना सङ्क्रमणबाट निधन

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७७, मंगलवार

    पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिका निवासी एक महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । अन्नपूर्ण गाउँपालिका-१ निवासी ६३ वर्षीया महिलाको काठमाडौस्थित वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको हो।

    ब्रेन ट्युमर तथा मिर्गौलाको समस्या ऊई अस्पतालमा उपचाररत उहॉको भदौ २१ गते निधन भएको हो । उहॉलाई भदौ १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो | यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।