आँबुखैरेनीमा मिर्गौला बिरामी सहित तीन कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा मिर्गौला बिरामी सहित तीन कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाका तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार आँबुखैरेनी गाउँपालिका वडा नं ३ का दुई महिला र एक पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    आँबुखैरेनी गाउँपालिका वडा नं ३ का ४२, ४८ वर्षीया महिला र ५६ वर्षीय पुरुषलाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा उनीहरुलाई सङ्क्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये एक जना मिर्गौलाका बिरामी हुन् । तीन जना नै हाल चितवनमा रहेकाले आइसोलेशनमा राख्नका लागि व्यवस्थापनको काम हुँदैछ ।