तनहुँ : तनहुँको व्यास नगरपालिका–६ श्याम्घामा मङ्गलबार बिहान परेको चट्याङ्ले तीन जना घाइते भएका छन् । घाइते हुनेमा मैया विक, चन्द्रकला विक र सुमित्रा विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेमध्ये मैया विक र चन्द्रकला विकलाई थप उपचारका लागि पोखरा पठाइएको र सुमित्राको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।